दाङका बजार अब राति ११ बजे सम्म खुल्ला रहने



दाङका बजार अब राति ११ बजे सम्म खुल्ला रहने

दाङ ५ जेठ । दाङमा राति ११ बजेसम्म बजार खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबारबाट राति ११ बजे सम्म बजार खोल्न निणर्य गरेको हो । यसअघि राति १० बजेसम्म मात्रै पसल खुल्न दिने ब्यबस्था थियो ।

तर, शुक्रबार देखि क्लब, डिस्को, डान्स, दोहोरी, रेष्टुरेन्ट, लाउन्ज तथा बारहरू, मदिरा बिक्री वितरण गर्ने पसलहरू (बोतलबन्द बिक्रीहुने मात्र) र होटल, रेष्टुरेन्ट, कफीसप, खाजा तथा खाना खुवाउने पसल, पान पसल लगायत यस्तै प्रकृतिका सेवा जन्य व्यवसायहरू राति ११ बजे सम्म खोल्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे