पाल्पा–बुटवल सडक दैनिक ९ घण्टा बन्द हुने



पाल्पा १९ चैत । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा निर्माण सुरु भएको सुरुङ मार्ग निमार्णका लागि दैनिक ९ घण्टा सडक बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले चैत २१ गतेदेखि लागू हुने गरी प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिएका छन् । अर्को सूचना नआए सम्मका लागि सडक बन्द गरिने प्रमुख जिल्ला अधिकारी बास्ताेलाले बताए । एम्बुलेन्स लगायतका अत्यावश्यक गाडीलाई भने अवरोध नहुने उनले बताए । सुरुङ निर्माणका क्रममा माथिबाट ढुङ्गा–माटो खस्न सक्ने जोखिम भएकाले सडक बन्द गरेर काम थालिने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे