अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री प्रचण्ड



अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् ।

सोमवार प्रतिनिधि सभामा विश्वासकाे मत  लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीमाझ दुई/चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । उनले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग मङ्गलवार बिहान देखि छलफल सुरु गर्ने पनि जानकारी दिए ।

आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने प्रधानमन्त्रीले दाबी गरे । उनले भने, ‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोली बिहान देखि सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ, सबैसँग बसेर २/४ दिनभित्रमै सबै टुङ्ग्याउने अनि काम गर्ने विचार छ ।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ता भित्र हुन सक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे