राप्तीमा वडा सचिव चाैधरी र प्रहरी निरिक्षक शाहको बिदाई तथा सम्मान



भालुवाङ २२ फागुन । दाङको राप्ती गाउँपालिकामा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा दुई जना कर्मचारीहरूलाई बिदाई तथा सम्मान गरिएको छ ।

राप्ती गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरि उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त गरेका वडा नम्बर ६ का वडा सचिव मंगलप्रसाद चाैधरी र इलाका प्रहरी कार्यालय भालुवाङबाट सरूवा भएर जिल्ला प्रहरी कार्यालय नेपालगन्ज बाँके जान लागेका सुजन शाहलाई बिदाई, सम्मानपत्र तथा मायाको चिनो सहित सम्मान गरेको हो ।

चाैधरी विगत ३६ वर्ष देखि निरन्तर सचिव पदमा रहि विभिन्न कार्यालयहरूमा सेवा गर्दै आइरहेका थिए । भने शाह विगत एघार महिना देखि इलाका प्रहरी कार्यालय भालुवाङकाे प्रमुखको रुपमा कार्यरत रहेका थिए । दुवै जनालाई गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली सहित जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतले बिदाई तथा सम्मान गरेका हुन् ।

यसै बीच होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियोे । होली पर्व रंगको पर्व भएकाले यसलाई मर्यादित र संयम तरिकाले मनाउन वक्ताहरू आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए । त्यस्तै बक्ताहरुले बिदाई र सरुवा भएर जान लाग्नु भएका कर्मचारीहरूले सेवा प्रवाहमा पुर्‍याएको याेगदानकाे उच्च प्रशंसा गर्दै उनीहरूको आगामी दिनकाे सुखद कामना गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर २ का निर्वतमान वडा अध्यक्ष जगतबहादुर थापा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, राप्ती गाउँपालिका गाउँ कार्यापालिका सदस्य पार्वती सुवेदी, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे