जब राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीलाई सार्वजनिक बसमा देखे
भालुवाङ २१ फागुन । शनिवार दिउँसो करिब १ः १५ बजे म राप्ती गाउँपालिका वडा नम्बर २ को शान्तिनगर बाट वडा नम्बर ३ मसुरिया तिर जाँदै थिए । लालमटिया बजारबाट राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी ४ जना महिला सहित म चढेको बसमा चढ्नु भयो ।
लामो समय भुमिहिन सुकुम्बासीको नेतृत्व गर्दै आउनु भएकी चौधरी गत बैशाखमा भएको स्थानिय निर्वाचनमा राप्ती गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । म जब उपाध्यक्ष हुनु भयो त्यस समयदेखि चिन्छु । उहाँले पनि मलाई चिन्नु हुन्छ । जब मैले उपाध्यक्षलाई म चढेको बसमा देखे तब मलाई आश्रर्य लाग्यो ।
उपाध्यक्ष ज्यु नमस्कार ! मैले भने । नमस्कार भाइ हास्दै (पहिला देखीनै मलाई भाइ भन्नू हुन्छ) सन्चै आरामै हुनुहुन्छ ? मैले प्रश्न गरे सन्चै, हजुर पनि ? सन्चै, अनि उपाध्यक्ष ज्यु हजुर सार्बजनिक बसमा म आश्रर्य मान्दै प्रश्न गरे उपाध्यक्षले भन्नु भयो किन र भाइ (हास्दै) हजुर उपाध्यक्ष सरकारले सवारीको सुबिधा दिएको छ नी मैले भने (लामो हासो सहित उपाध्यक्ष) म प्राय जसो सार्वजनिक साधन नै प्रयोग गर्छु ।
गाउँपालिकाले हजुर लाई गाडी दिएको छ त उपाध्यक्ष ज्यु ? मैले फेरी प्रश्न गरे । उपाध्यक्ष – आज शनिवार पार्टीले चलाएको मिसन ग्रासरुट अभियानमा छु अनि पार्टिको काम गर्दा सरकारी गाडी प्रयोग गर्दिन । जनताको काम गर्दा छटो छरितो सेवा दिनु पर्ने हुन्छ अनि सरकारी गाडी प्रयोग गर्छु (हास्दै) आज पनि सुकुम्बासी बस्तिमा गएर आउँदै छु ।
सबै जनप्रतिनिधिहरुले सरकारी गाडी प्रयोग गरिरहेका छ हजुर पनि प्रयोग गर्दा हुदैन ? बिचै मै रोकेर प्रश्न गरे । उपाध्यक्ष हास्दै, भाइ म गरिब किसानको छोरी मेरो घरमा कुनै सवारी साधन छैन । म जनप्रतिनिधिको रुपमा पनि ५ वर्ष हो पछि यस्तै गरि सार्वजनिक सवारीमा यात्रा गर्नु पर्छ । सके सम्म म सरकारी सुविधा लिने पक्षमा छैन । जनताको मान्छे जनता संगै यात्रा गर्न मन पराउछु । यात्रा गर्दा म संग मात्र बोल्ने फुर्सद कहाँ हुन्छ र उक्त बसमा चढेका प्राय जसोले आश्रर्य मानी रहेका थिए किन हो थाहा भएन । मेरो मनमा भने अनेकौं प्रश्न उठिरहेका थिए । नजिक रहेका यात्रुले उपाध्यक्ष लाई आफ्नो कुरा सुनाउन सुरु गरि हाले सबैको कुरामा उपाध्यक्षले हास्दै जवाफ दिइरहनु भएको थियो । उपाध्यक्ष र मेरो यात्रा थियो जम्मा पाँच मिनेटको ।
सायद गरिब परिवार बाट आएको भएर होला उहामा कुनै घमण्ड देखिदैन थियो । अरु संग कुरा गर्दै उहाँले आफ्नो अधिकारको निम्ति आफै लड्नु पर्छ भन्दै हुनुहुन्थ्यो । म बडो चासोको साथ हेरिरहेको थिए । जनप्रतिनिधि भए पछि सायद जनताले ठूलो आश गरेका हुदा रहेछन । सवैको चित्त बुझाउन सायद गाह्रो हुदो होला । यात्रा लामो भएको भए सायद धेरै कुरा बुझ्न पाइन्थ्यो होला । छोटो समयको यात्रा मा पनि धेरै कुरा देख्न सकिने रहेछ । हामी सबै चाहान्छौ हाम्रा जनप्रतिनिधि यस्तै सरल हुनुपर्छ पर्छ । सरकारी सुबिधा केही समयको लागि मात्र हो । हामी देखिरहेका छौ हाम्रा जनप्रतिनिधि सुबिधा मात्र लिन खोज्छन । अनि मेरो मनमा कुरा खेल्दै गयो सायद सबै जनप्रतिनिधि राप्ती गाउँपालिकाको उपाध्यक्ष जस्तो सरल भैदिएको भए…