भालुवाङ महोत्सवमा हेमन्त शर्माको प्रस्तुती, फागुन २२ गते सौगात, भेलु बाजे र मञ्जु आउँदै



भालुवाङ २१ फागुन । दाङको राप्ती गाउँपालिका १ भालुवाङमा सञ्चालन भइरहेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको आइतवार तेस्रो दिन पनि राष्ट्रिय र स्थानीय कलाकारहरुले मञ्च तताएका छन् ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा फागुन १९ गते देखि चैत १ गते सम्म भालुवाङ पुल्चोक स्थित निमार्णाधिन बसपार्कमा महोत्सव सञ्चालन गरिएको छ । महोत्सवको तेस्रो दिन आइतवार चर्चित गायक हेमन्त शर्माले उत्कृष्ट प्रस्तुती दिएका छन् । दर्शकहरुको बीचमा हेमन्तले आफ्ना चर्चित गीतहरु गाउँदा दर्शकहरुले भरपुर्ण मनोरञ्जन लिएका थिए ।  शर्माले आफ्ना चर्चित गीतहरु मुल हौ भने रसाईदेऊ, माया त यस्तो होस् , जाली माया नलाउनु जालमा परीन्छ, नाच नाच नाचे पछि जानिन्छ जस्ता चर्चित गीतहरु थिए । त्यस्तै कार्यक्रममा गायिका तथा उद्घोषिका राशी रिजाल, गायक तथा उद्घोषक सन्तराम सेन्चुरी लगायत स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

यसै बीच महोत्सवको चौथोे दिन सोमवार चर्चित गायक सौगात सायर, हास्यकलाकार भेलु बाजे, मञ्जु भट्टराई, गायिका तथा उद्घोषिका राशी रिजाल लगायतका कलाकारहरु आउने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ९ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट भएको आम्दानीले उद्योग वाणिज्य संघको भवन निर्माण तथा फिल्ड मर्मत गर्ने र केहि रकम लालमटियामा रहेको दृष्टिविहिन छात्राबासको भवन निर्माणमा समेत सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान, विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा गराईने राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि चरखे पिङ्ग, झुला, बालबाललिका लागि रमाईलो खेल लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहेका छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने, महोत्सव अवधीभर खुल्ला नृत्य प्रतियोगिता देउखुरी आइडल समेत रहेको संघका अध्यक्ष खड्काले जानकारी दिएका छन् । देउखुरी आइडलमा प्रथम हुनेलाई नगद २० हजार र २ वटा म्युजिक भिडियोमा खेलाइने छ भने दोसो हुनेलाई नगद १५ हजार र १ वटा म्युजिक भिडियोमा खेलाइने छ भने तेस्रो हुनेलाई १० हजार र चौथो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।
महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ७०, विद्यार्थीका लागि ५० रुपैयाँ, अपाङगता, जनआन्दोलनका घाइते, दृष्टिविहिन, जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको भने ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको सन्दर्भमा शुल्क नलाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे