प्रेस चौतारीको ८ पालिकामा प्रशिक्षण तथा प्रचार भेला सम्पन्न, केहि पालिकामा कमिटी पुर्नगठन



दाङ २० फागुन । प्रेस चौतारी दाङले थालेको ग्रास रुट अभियान अन्तर्गत जिल्लाका ८ वटा पालिकामा प्रशिक्षण तथा प्रचार भेलाका साथै केहि पालिकामा कमिटी पुर्नगठन गरिएकाे छ । तुलसीपर उपमहानगरपालिका, शान्तिनगर, बबई, दंगीशरण, शान्तिनगर, गढवा, बंगलाचुली, राप्ती र राजपुर गाउँपालिकामा प्रशिक्षण तथा प्रचार भेला सम्पन्न भएको छ ।

घोराही उपमहानगरपालिका र लमही नगरपालिकाका भेला भने प्राविधिक समस्याका कारण स्थगित भएका छन् । बाँकी पालिकामा केही दिनमा प्रशिक्षण तथा प्रचार भेला आयोजना गरिने चौतारी दाङका सचिव किरण गौतमले बताए । भेलामा चौतारीको सांगठिक अवस्था, कमिटि पुर्नगठन र पार्टीले सञ्चालन गरेको ग्रास रुट अभियानमा संगठनको भूमिका विषयमा छलफल भएको छ ।

यसैविच चौतारी राप्ती गाउँपालिका शाखाको पुर्नगठन गरिएको छ । शनिवार भएको भेलाले चौतारीलाई पुर्नगठन गरेको हो । प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटी अध्यक्ष हुमा सुनारको अध्यक्षता र नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जगत पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरुट अभियानले नेकपा एमालेले अगाडि सारेको एजेन्डा जनतामा पुराउन प्रेस चौतारीले भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रेस चौतारी केन्द्रिय सदस्य तथा दाङका इन्चार्ज गणेश आचार्य , केन्द्रीय सदस्य सन्तोष कुमार गुप्ता , प्रेस चौतारी दाङका तालिम विभाग प्रतिष्ठानका संयोजक सुदर्शन रिजाल र नेकपा एमाले राप्ती गाउँकमिटी अध्यक्ष मदन अधिकारी लगायतले विचार राखेका थिए । भेलाले हुमा सुनारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती गठन गरेको छ । उपाध्यक्षमा माधब खनाल , सचिवमा हरि भण्डारी, कोषाध्यक्ष सिर्जना थापा र सदस्यहरुमा राजकुमार बिक, वर्षा न्यौपाने, निशाकुमारी चौधरी, सैना चौधरी, अनुप एमसि, बिकास भट्टराई र चेतना भट्टराई छन् । प्रेस चौतारी नेपाल दाङ महिला बिभाग उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपाल दाङका जगत खनालले गरेका थिए ।

त्यसै गरेर गढवाको प्रशिक्षण भेला सम्पन्न भएको छ । भेलाले प्रेम खत्रीको अध्यक्षतामा १५ सदस्यीय समिती गठन गरिएको छ । भेलामा प्रेस चौतारी लुम्बिनी प्रदेस उपाध्यक्ष दशरथ घिमिरे, पार्टीका अध्यक्ष बाबुराम अधिकारी र चौतारी दाङका पुर्व अध्यक्ष तथा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको सहभागिता थियो । सगठनको पालिकामा उपाध्यक्ष लिला गिरी,सचिव सुरज पोख्रेल, कोषाध्यक्ष माधवी नेपाली, सहसचिव बिनोद केसी र सदस्यहरुमा प्रभुराम लोध, गोपाल गहतराज, सुनिल गिरी, कमल थापा, सिजन थापा, अशोक जिसी, सन्तोष केसी, मनिषा नेपाली, गीता नेपाली छन् । सल्लाहकार हरुमा शिबराज पन्थी, ऋषि यादव र देव बहदुर यादव छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे