मानव जीवनका लागि शिक्षा महत्वपुर्ण छ : मन्त्री शर्मा



भालुवाङ १२ फागुन । लुम्बिनी प्रदेशका मन्त्री तुलसीराम शर्माले मानव जीवनका लागि शिक्षा महत्वपुर्ण भएको बताएका छन् ।

जनता माध्यमिक विद्यालय गढवा गाउँपालिका १ कालाकाटेको ४६ औं वार्षिकोत्सब कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री शर्माले सो कुरा बताउका हुन् । प्रमुख अतिथि समेत रहेका मन्त्री शर्माले मानव जगत विश्वमा सर्वोकृष्ट तथा चेतनशील प्राणी भएपनि कहिकतै शिक्षाको कमीले जीवन स्तरमा परिवर्तन हुन नसकेको बताए ।

त्यस्तै मन्त्री शर्माले गाउँ–गाउँमा शिक्षाको विकास गर्न जरुरी रहेको बताउँदै शिक्षाको विकास विना विकासले गति लिन नसक्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर महतराको अध्यक्षता एवम् लुम्बिनी प्रदेश मन्त्री तुलसीराम शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधान सभा सदस्य रेश्मीराज नेपाली, गढवा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्याम विक, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङका प्रधानाध्यापक लोकेन्द्र केसी, आधारभुत विद्यालय वनघुस्रीका प्रधानाध्यापक राजितराम यादव, विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदी, पत्रकार महेश रिजाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नृत्य प्रतियोगिता सहित विभिन्न खेलकुदका विजेता तथा विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो । भने विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा विद्यालयका निवर्तमान अध्यक्ष गोविन्दबहादुर बोहरा, निवर्तमान शिक्षक अभिभावक संघका अध्यक्ष भरत अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य राजकुमार योगी, विद्यालयका प्रधानाध्यापक बासुदेव बेल्वासे, अभिभावकहरु राजकुमार थापा र लक्ष्मी शर्मा रहेका छन् । शिक्षक कृष्णबहादुर कार्कीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक भानु जिएमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे