जखेराताल शिवरात्री मेलाको तयारी अन्तिम चरणमा, प्रवेश निशुल्क



लमही ४ फागुन । दाङ देउखुरीको लमही नगरपालिका ३ जखेरातालमा सञ्चालन हुन लागेको महाशिवरात्री विशेष सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानको आयोजनामा यहि फागुन ६ गते शिवरात्री पर्वको अवसरमा सञ्चालन गर्न लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बिहीबार जखेरातालमा आयोजना गरेको पत्रकार सम्मेलन प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडेले सो विषयमा जानकारी गराएका हुन् ।

प्रतिष्ठान आत्मनिर्भर हुँदै जाँदा मेलामा प्रवेशमा समेत निशुल्क गरिएको छ। राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याति प्राप्त कलाकारहरुकाे बेजोड प्रस्तुति रहने, जखेरामा तीन प्रकारकाे डुंगाबाट तालकाे परिक्रममा गर्ने व्यवस्था गरिएको, शिवरात्रि पर्वमा शिद्देश्वर शिवालयमा रुद्री पुजा, स्थानीय झाँकी प्रस्तुति गरिने प्रतिष्ठानका महासचिव बञ्जाडेले जानकारी दिएका छन् । सो दिन बिहान ११ बजे कार्यक्रमको उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे