लुम्बिनी प्रदेशको रोक्का जग्गा तत्काल फुकुवा हुँदैन : मुख्यमन्त्री गिरी



भालुवाङ २७ माघ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा रोक्का जग्गा तत्काल फुकुवा नहुने बताएका छन् ।

राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदीको नेतृत्वमा राजनीतिक दल र उद्योग वाणिज्य संघ सम्मेलित टोलीले शुक्रवार मुख्यमन्त्री लिला गिरीलाई रोक्का जग्गा फुकुवा गर्न माग राख्दै ध्यानाकर्षण गराउन गएका बेला मुख्यमन्त्री गिरीले तत्काल रोक्का जग्गा फुकुवा नहुँने बताएका हुन् । साथै मुख्यमन्त्री गिरीले प्रदेश सरकारले पूर्णता नपाएको नपाएको र राजधानीको मास्टर प्लान कार्य पूरा नहुँदै रोक्का जग्गा फुकुवा गर्दा विकराल समस्या हुने बताउँदै केही समय नआत्तिन जनसमुदायसँग आग्रह समेत गरेका छन् ।

जग्गा रोक्का हुँदा अहिले राप्ती गाउँपालिकाको पुरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ र सितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ गरि १४ वटा वडा भित्रका स्थानीय सर्वसाधारण देखि उद्योगी, व्यापारीहरुलाई समेत ठुलो मार परेको छ । विगत करिब ३ वर्ष देखी राजधानी निर्माणका लागि भन्दै संघ र प्रदेश सरकारले ती वडाहरूका हजारौं निजी जग्गा किनबेच गर्न नपाउने गरी रोक्का राखेको छ । उक्त जग्गा रोक्का हुँदा स्थानीयहरुको व्यापार व्यवसाय र अन्य आर्थिक कारोबारमा ठूलो मर्का परेको भन्दै जनगुनासो समेत बढ्न थालेको छ ।

उक्त प्रतिनिधी मण्डलमा नेकपा माओवादी केन्द्रका नारायण शर्मा, नेकपा एमालेका जगत प्रसाद पोख्रेल, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, बर्तमान अध्यक्ष सुरज खडका, स्थानिय बुद्धिजीवी रणप्रसाद सुवेदी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे