लमही महोत्सवमा पुर्णकला, नरेश र श्रीधरको प्रस्तुती, शनिवार गायिका मेलिना राई आउँदै



लमही २७ माघ । लमही महोत्सवमा शुक्रवार चर्चित लोक दोहोरी गायिका पुर्णकला विसी, लोक दोहोरी गायक नरेश खाती र गायक श्रीधर कडेलले आ–आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका छन् ।देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीकको १६ औं दिन चर्चित लोक दोहोरी गायिका पुर्णकला विसीले तिम्ले मलाई थर दिउ साइला, झमझम पानी परेको रात, मायालुले भिरेको झोला, यता तिख्रा लागेको धेरै भयो, पुलिस वालाले, चप्पल छिनियो लगायतका गीत मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएकी थिइन् । यस्तै लोक दोहोरी गायक नरेश खातीले माया मारेर, चौतारीमा सोल्टिनी नि वर र पिपलु, मुखै फोरि आइलभ यु भन्न पाए पो, तिम्रै मायालु, हैन होला र लगायतका गीत मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । भने गायक श्रीधर कडेलले पनि विभिन्न गीत मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । भने तीनै जना कलाकारहरुले अन्त्यमा लाइभ दोहोरी गीत गाएर दर्शकहरुलाई नचाएका थिए ।“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा महोत्सव सञ्चालन भएको छ । यस्तै माघ २८ गते चर्चित गायिका मेलिना राई, डान्सरहरु रुविना अधिकारी, सिर्जना जिसी, बाल कलाकार एन्जल सोमई मगर र उद्घोषक दिपक खड्का लगायतका कलाकारहरु आउने मेला व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे