ऐरावती क्याम्पसको १४ औँ वार्षिकोत्सवका अवसरमा खेल सप्ताह सम्पन्न 



भालुवाङ २७ माघ । ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियाको १४ औँ वार्षिकोत्सवको अवसरमा वार्षिक सप्ताह व्यापी खेलकुद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
क्याम्पसले फागुन ८ गते मनाउन लागेको वार्षिकोत्सब कार्यक्रम अन्तरगत खेलकुल कार्यक्रम सम्पन्न भएको हो । क्याम्पसमा बिएड र बिबिएस पहिलो, दोस्रो, तेस्रो र चाैथो वर्षमा अध्ययनरत विद्यार्थीहरुका बीचमा आज विभिन्न प्रतिस्पर्धात्मक खेल समापन गरिएको थियो।  सप्ताह व्यापी खेलकुद कार्यक्रम अन्तरगत छात्रछात्राको घैंटा फोड, कुर्सी दौड, ब्याटमिन्टन, भलिबल, १०० मिटर दौड, डोरी तान्ने, छात्रतर्फ मात्र ४०० मिटर रिले दौड, फुटबल गरी १ दर्जन बढी खेलहरू सञ्चालन गरिएको खेलकुद संयोजक चुडामणी खत्रीले जानकारी दिएका छन् ।
विगतका वर्षहरूमा जस्तै यसवर्ष एक विशेष कार्यक्रमका बीचमा खेलकुद सप्ताह सञ्चालन भएको हो ।  खेलकुद संयोजक चुडामणी खत्रीले विजयी विद्यार्थीलाई बधाई एवं शुभकामना व्यक्त गर्दै अतिरिक्त क्रियाकलाप सञ्चालनले विद्यार्थीको शारीरीक र मानसिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विजयी विद्यार्थीहरूलाई क्याम्पसको वार्षिकोत्सब कार्यक्रममा पुरस्कृत गरिने क्याम्पस प्रमुख विष्णुप्रसाद भुसालले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे