जन्मदिनमा गढवा गाउँपालिका अध्यक्ष पोख्रेलद्वारा लमही डाइलाइसिसलाई रेफ्रिजेरेजर सहयोग



गढवा २६ माघ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारी लमही डाइलाइसिस सेन्टरलाई रेफ्रिजेरेजर (फ्रिज) सहयोग गरेका छन् । बिहीबार ४१ औं जन्मदिन मनाउँदै पालिका अध्यक्ष पोख्रेलले उक्त रेफ्रिजेरेजर हस्तान्तरण गरेका हुन् । ‘मानवताको सेवा नै धर्म हो’ अध्यक्ष पोख्रेलले भने, “डायलाइसिस सेन्टर सञ्चालन र व्यवस्थापनमा सहयोग पुगोस् हरेक गरिब दुखी सबैलाई अत्यावश्यक सिरिन्ज, औषधिजन्य सामान राख्न सहज होस् भनेर सहयोग गरेको हुँ ।” अध्यक्ष पोख्रेलले भने ।

जन्मदिनको मौका पारेर पालिका अध्यक्ष पोख्रेलले गरेको सहयोग अनुकरणीय रहेको रोटरी क्लब अफ लमहीका अध्यक्ष शंकर पाण्डेले बताए। बिशाल दिल भएकै कारण कम उमेरमै पालिका प्रमुख जस्तो गरिमामय पदमा निर्वाचित भएको भन्दै जन्मदिनको शुभकामना सहित धन्यबाद ज्ञापन गरे । गढवा गाउँपालिका वडा नम्बर – २ महदेवाका भोला प्रसाद चौधरीका ५१ बर्षिय श्रीमती सुलोचना चौधरीको दुबै किड्नी फेल भई बिगत एक बर्ष देखी हप्तामा दुई पटक डायलाइसिस गराउदै आरहेका छन् । जुन लमही डाइलाइसिस सेन्टरबाट निशुल्क भैरहेको छ तर सिरिन्ज, महत्वपूर्ण औषधी, रगत राख्ने रेफ्रिजेरेजर फ्रिज भने सेन्टरमा एक ओटा मात्र भएकोले सेन्टरकै महत्वपूर्ण औषधीहरु राखेर भरिएको समयमा बिरामीहरु लाई आफ्नो सिरिन्ज, ब्लड र औषधि चिसोमा राख्नका लागि आफै व्यवस्थापन गर्नु पर्ने ठुलो समस्या रहेको थियो।

यि यावत समस्याहरु लिएर महदेवाका भोला प्रसाद चौधरी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई विहिवार बिहानै उनकै घरमा पुगी सबै समस्या सुनाए अध्यक्ष पोख्रेलले समस्या लाई मनन् गरी तत्काल रोटरी क्लब अफ लमही संग समन्वय गरी भोला चौधरी लगाएत त्यस्तै समस्या भोग्ने गरेका अन्य थुप्रै बिरामीहरूको पिडालाई ध्यानमा राखि रेफ्रिजेरेजर सहयोग गर्ने मनसाय बताए । जन्मदिनको अवसरमा डायलाइसिस विरामीहरुको स्वास्थ्य लाई ख्याल गर्दै सानो सहयोग गरेको बताए । जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि बिरामीलाई सहयोग गरेको पालिका अध्यक्ष पोख्रेलले बताए ।

रोटरी क्लब अफ लमहीले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अरूलाई बदल्नु छ भने राम्रा, असल र सकारात्मक पक्षको अनुसरण आफैबाट सुरुवात गर्नु पर्नेमा जोड दिए । जन्म दिनमा हुने फजुल खर्चलाई कटौती गदै सामाजिक क्षेत्रमा सहयोग गर्नु सकारात्मक कार्य भएको प्रतिक्रिया दिदै आगामी दिनमा मानव सेवामा समर्पित कार्यहरुको गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे ।

रोटरी क्लब अफ लमहीका अध्यक्ष शंकर पाण्डेको अध्यक्ष तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य भएको रेफ्रिजेरेजर हस्तान्तरणमा लमही सामुदायिक डायलाइसिस सेन्टरका डाक्टर अब्दुस सबुद खानले सेन्टरमा एकदमै आवश्यक रहेको रेफ्रिजेरेजर (फ्रिज) को आवश्यक्ता महसुस गरी सहयोग गरेमा गाउँपालिका अध्यक्ष पोख्रेललाई बिशेष धन्यबाद ज्ञापन गरे । हस्तान्तरण कार्यक्रम रोटरी क्लब अफ लमहीका सदस्य सकुन्तला डिसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण रोटरी क्लब अफ लमहीका सचिव फणाधर ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे