एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्तीकाे अध्यक्षमा पुन कृष्ण बहादुर बुढा मगर चयन



सिसहनियाँ २१ माघ ।  एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाकाे दाेस्राे अधिवेशनले पुन कृष्णबहादुर बुढा मगरको अध्यक्षतामा पछि एक जना सदस्य थप गर्ने गरि सत्र सदस्य नयाँ कार्य समिति गठन गरेको छ ।

शनिबार वडा नम्बर ५ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल खाैराबाबामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा कुमार पुन मगर ,महिला उपाध्यक्षमा विष्णु कार्की ,सचिवमा गाेविन्द चौधरी,कोषाध्यक्षमा लक्ष्मी शाहीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा राम प्रसाद चौधरी,टाेमलाल गैरे, खिम बहादुर वली, अनुपम योगी, यशोधा घिमिरे, हरिलाल दर्लामी मगर, थम्मन सिंह गाहा मगर, खुमा पुन मगर, गणेशमान खड्का, जुगमानी चौधरी र रामप्रसाद शर्मा रहेका छन् ।

अधिवेशन संगठनका गाउँपालिका अध्यक्ष कृष्ण बहादुर बुढा मगरकाे अध्यक्षता तथा नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका उप महासचिव विष्णु खनालको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्रका राप्ती गाउँपालिकाका इन्चार्ज चित्र बहादुर थापा मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हाे। साे अवसरमा बाेल्दै प्रमुख अतिथि खनालले नव गठित कार्य समितिकाे काम,कर्तव्य र महत्व माथि चर्चा गर्दै विद्यालय शिक्षाका देखिएका सबैखाले समस्याहरूको समाधान गर्न संगठन लाग्नु पर्ने बताए ।

साे अवसरमा नेपाल शिक्षक महासंघ दाङ जिल्ला सह अध्यक्ष रामप्रसाद जैशी, जग्गा एकीकरण विकास आयाेजनाका संयाेजक श्यामेस चाैधरी, वडा नम्बर २ का वडा अध्यक्ष पहलमान चाैधरी, ९ का रिम बहादुर सुनारी मगर, नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीका कार्यवाहक अध्यक्ष नारायण शर्मा, सचिव बसन्त नेपाली लगायतको उपस्थिति रहेकाे कार्यक्रमको सहजीकरण संगठनका सचिव गाेविन्द चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे