अरुण चाैधरीकाे रिहाइकाे माग गर्दै बिराेध जनाएपछि लुम्बिनी प्रदेशसभा बैठक १५ मिनेट स्थगित



भालुवाङ २० माघ । लुम्बिनी प्रदेशसभाकाे बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता धर्म चाैधरीले प्रहरीले प्रतिनिधिसभा सदस्य अरुण चाैधरीकाे रिहाइकाे माग गर्दै संसद चल्न नदिने गरी सम्बाेधन गरेपछि १५ मिनेटकाे लागि संसद बैठक स्थगित भएकाे हाे ।

पहिलाे अधिवेशनकाे पाँचाै बैठकमा प्रदेशसभा सदस्यले समसामयिक बिषयमा विशेष समयमा बाेल्ने, मुख्यमन्त्री लिला गिरीबाट महालेखा परिक्षककाे बार्षिक प्रतिवेदन सभामा पेश गर्ने र कार्य व्यवस्था परामर्श समितिमा रहेका सदस्यहरुकाे नाम मनाेनयन गर्ने कार्यसुची रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे