राप्तीका अध्यक्ष विष्टले १० नबज्दै कार्यालयमा आउने कर्मचारीलाई फूलले स्वागत गर्दै



भालुवाङ १९ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिकाले १० नबज्दै कार्यालय आउने र छिटो छरितो सेवा प्रवाह गर्ने कर्मचारीलाई सम्मान गर्ने अभियान चलाएको छ ।

यो अभियानबाट कर्मचारीलाई प्रोत्साहन मिल्ने र सेवा प्रवाहमा पनि सुधार आउने गाउँपालिकाको विश्वास छ । गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बिहीबार बिहान १० नबज्दै कार्यालय आइपुगेका कर्मचारीहरुलाई फूलका गुच्छा दिंदै यसरी सम्मान गरेका हुन् ।

उनले भने, ‘समयमै आउने र जनताका काम छिटो गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने हाम्रो अभियान हो । सधैंभरी यसैगरी छिटो काममा आउनुहोला र सेवा दिनुहोला ।’

लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको राप्ती गाउँपालिका कार्यालयमा करिब ६० जना कर्मचारीहरु छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे