गढवामा सञ्चालित महिलाहरुका लागि ४ दिने उद्घोषण तालिम सम्पन्न



गढवा १९ माघ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सभाहलमा एक दिन अगाडी नै गढवा स्थित जनता माध्यमिक बिद्यालयको ६२ औं बार्षिकोत्सव समारोह तथा स्मारिका बिमोचन कार्यक्रमको आयोजना गरियो ।

साउण्ड प्रबिधि र मञ्चको पुर्ण तयारी गरि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षको सभापतित्व र प्रतिनिधीसभाका सांसद मेटमणि चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु गरियो । तयार गरिएको तालिका बमोजिम सञ्चालकले कार्यक्रम सञ्चालन गर्दै गर्दा सोहि समारोहमा बार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथिले बिधिवत् रुपमा स्मारिकाको बिमोचन समेत गरे ।

झट्ट हेर्दा बिद्यालयको बार्षिकोत्सव आरम्भ भए जस्तै मानिए पनि सन्दर्भ महिलाहरुका लागि उद्घोषण तालिमको प्रयोगात्मक अभ्यास थियो । तालिमका सहभागिहरुले कार्यक्रम सञ्चालन गर्न अभ्यास गर्दै रहदा बिद्यालयकै बार्षित्सवको झझल्को आउँथ्यो । गढवा गाउँपालिका वडा नम्बर ७ र देउखुरी सामुदायिक पुस्तकालयको समेत लागत सझेदारीमा महिला शसक्रिकरणका लागि चार दिने उद्घोषण तालिको आयोजना गरिएको थियो । सैद्धान्तिक र प्रयोगात्माक अभ्यास संगै चारदिने कार्यक्रम सम्पन्न भएको पुस्तकालयले जनाएको छ ।

पुस्तकालयका अध्यक्ष ओभा पाठकको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा अध्यक्ष राहुलदेव चौधरी, वडा सदस्य तथा न्यायिक समितिका सदस्य रेखा थापा, सहभागिहरु नारायणी बिक र निर्मला नेपाली लगायतले बोलेका थिए । तिस जना महिलाहरुको उद्घोषण क्षमताको बिकास गर्न यो कार्यक्रमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।

सहभागि महिलाहरु बिच सम्पन्न उद्घोषण अभ्यास प्रतियोगितामा नारायणी बिक प्रथम, पबित्रा बिसी द्धितिय, कल्पना दाहाल र राधिका भण्डारी तृतीय र निर्मला नेपाली तथा रिता थापाले सान्त्वना स्थान हाँसिल गरेका थिए । कार्यक्रममा बिजेतालाई पुरस्कार र सहभागि सबैलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । तासिलकमो प्रशिक्षकमा ओभा पाठक, पत्रकार दुखहरण यादव र शिबराज पन्थी रहेका थिए । समापन कार्यक्रमको सञ्चालन तालिममका सहभागि राधिका भण्डारीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे