लमही महोत्सवको आज तेस्रो दिन, गायक खेम सेन्चुरी र गायिका भूमिका गिरीको प्रस्तुति रहने



लमही महोत्सवको आज तेस्रो दिन, गायक खेम सेन्चुरी र गायिका भूमिका गिरीको प्रस्तुति रहने

लमही १४ माघ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयाेजना गरेकाे छैठौँ कृषि, पर्यटन तथा व्यापारीक महाेत्सवको तेस्रो दिन आज शनिबार बहुचर्चित लोक दोहोरी गायक खेम सेन्चुरी र गायिका भूमिका गिरीको प्रस्तुति रहने छ । पछिल्लो समय लोक दोहोरी क्षेत्रमा सेन्चुरी र गिरी स्रोताले निकै रुचाईएका कलाकार मध्ये पर्छन्।

खेम सेन्चुरी पछिल्लो पुस्ताका उदयमान गायक हुन् । शब्द कोर्दै गीत संगीतमा लागेका गायक सेन्चुरीले बिस्तारै स्वर दिन थालेका थिए भने अहिले अभिनयको पाटोलाई पनि मजबुत गराउदै लगेका छन् । नेपाली लोक दोहोरी गीतमा किरण बाबु पुन पछि फरक धारका गीत सिर्जना गरेर स्रोताको मन जित्ने कलाकार सेन्चुरी हुन् । उनका सिर्जनाहरु स्रोताले अत्याधिक मन पराई रहेका छन् ।

खेम सेन्चुरीले शब्द, संगीत र अभिनय गरेका गीतहरु युटुबमा पनि शिर्ष स्थानमा पर्न सफल भएका छन्। त्यस्तै सामाजिक संजाल टिकटकमा पनि सर्वाधिक भ्युज बटुल्न सफल भएका छन् । आज यिनै चर्चित स्रस्टा खेम सेंचुरीको दमदार प्रस्तुति रहने देउखुरी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा सांस्कृतिक समितिका संयोजक केशवराज पोख्रेलले जानकारी दिएका छन् ।

भूमिका गिरी दाङ देउखुरी राजपुर गाउँपालिका स्थायी घर भएकी कलाकार हुन्। सामान्य परिवारमा जन्मिएर काठमाण्डौलाई कर्मथलो बनाएकी गायिका गिरी लोक दोहोरी क्षेत्रमा एकपछि अर्को सफलता हात पार्दै अगाडी बढेकी छिन्। उनका थुप्रै गीत हिट भएका छन् । यतिबेला महोत्सवको सिजन भएका कारण मेला महोत्सवमा भ्याई नभ्याई भएको उनी बताउँछिन् ।

गायक खेम सेन्चुरी र भूमिका गिरी संगसंगै लोक दोहोरी गायक प्रेम शर्मा, अनुप बुढामगर, दीपक बर्मा लगायत स्थानीय कलाकारहरुको नृत्य पनि प्रस्तुति रहने सांस्कृतिक संयोजक पोख्रेलले जानकारी दिएका छन् ।

त्यसैगरी चर्चित कार्यक्रम उद्घोषिका तथा गायिका उमादेवी खनालको पनि प्रस्तुति रहने आयाेजकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे