देउखुरीका विभिन्न विद्यालयहरूमा सरस्वती पूजा सँगै पुरस्कार वितरण तथा अक्षरारम्भ कार्यक्रम



देउखुरी १२ माघ । दाङ देउखुरीका विभिन्न विद्यालयहरूमा बुधबार सरस्वती पुजा, पुरस्कार वितरण तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएका छन् ।

यसै क्रममा राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ पुल्चोक स्थित स्वर्गद्वारी प्रावि तथा गृहिणी महिला आधारभूत विद्यालय, लिटल एन्जल स्कुल, सिरिन भ्याली पब्लिक स्कुलले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी बिद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाएका छन्।

स्वर्गद्वारी प्राविमा भएकाे सरस्वती पूजा कार्यक्रममा विद्यालयका छात्रछात्रा, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा बिधालयका शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका हुन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज विष्ट, निवर्तमान अध्यक्ष महेश रिजाल, प्रधानाध्यापक सविता चौधरी समेतको उपस्थिति रहेको थियो।

त्यसैगरी लुम्बिनी प्रदेशको राजधानी भालुबाङ पुल्चोक स्थित लिटल एन्जल स्कुलले अक्षरारम्भ तथा मुटु परिक्षण कार्यक्रम गरी सरस्वतीको पूजा आराधना गरेको छ। उक्त अवसरमा वरिष्ट मुटुरोग विषेशज्ञ तथा हर्ट डिजिज एण्ड डाईबेर्टिज समाज ललितपुरका डाक्टर सुमन्त बन्जाडे र डाक्टर भरत पोख्रेलले विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको मुटु रोग परिक्षण गरेका थिए ।

विधार्थीहरुको परिक्षण पछि आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षता र शिक्षक आनन्द लामिछानेको स्वागत मन्तव्यबाट शुरु भएको समारोहमा प्रमुख अतिथि डक्टर सुमन्त बन्जाडे, विशिष्ट अतिथि डक्टर भरत पोख्रेल, सञ्चारकर्मी महेश रिजाल, नेपाल मुटु रोग फाउन्डेसन दाङ शाखा प्रमुख रविलाल आचार्य लगायतले मानव स्वास्थ्यमा मुटु अत्यन्तै संवेदनशील हुने भएकोले यसबाट बच्न र मुटु रोग लाग्न नदिनको लागि यस प्रकारका सचेतना कार्यक्रमहरुको महत्त्व रहने भएकाे औँल्याएको थिए । बिद्यालयका शिक्षक गोविन्द शर्माले कार्यक्रम सञ्चालन गरेका थिए भने सरस्वती पूजा समारोहमा बिद्यालयका छात्रछात्राहरुले गीत नृत्य प्रस्तुत गरेका थिए।

यता सिरिन भ्याली पब्लिक स्कुल राप्ती गाउँपालिका ४ माैरीघाटले पनि सरस्वती पुजा, पुरस्कार वितरण तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष शेरबहादुर गिरीको अध्यक्षता कार्यक्रम गरिएको थियो । सो अवसरमा विद्यार्थीहरूले गित, नृत्य समेत प्रस्तुत गरेको विद्यालयका प्रधानाध्यापक खिम केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे