सरसफाई सचेतनाका लागि सार्वजनिक यातायातका साधानमा स्टीकर टाँस



भालुवाङ ३ माघ । राप्ती गाउँपालिकालाई सफा, स्वच्छ गाउँपालिका बनाउन युवाहरु सक्रिय रुपमा जुटेका छन् ।आशाका किरण संस्थाले मंगलवार लमही–भालुवाङ, भालुवाङ–प्युठान तथा पुर्व–पश्चिम चल्ने लामा तथा छोटा दुरीका सार्वजनिक यातायातका साधानमा सरसफाई सम्बन्धी संदेशमुलक स्टीकर टाँस्ने काम गरेको छ ।  संस्थाका अध्यक्ष अशोक बेल्वासेको नेतृत्वमा खटिएको टोलीले सके सफा गरौं, नसके फोहोर नगरौं, गाडीमा यात्रा गर्दा बाहिर फोहोर नफालौं, डस्टवीनमा मात्र फोहोर फाली सभ्य नागरिकको परिचय दिउँ लेखिएको स्टीकर टाँस गरिएको छ ।राप्ती गाउँपालिकाको मुख्य बजारहरु भालुवाङ, लालमटिया, मौरीघाट, पिपरी र सिसहनियाँ बजार बढी मात्रमा दुर्गन्धित हुन थालेपछि संस्थाले माइकिङ गर्ने, सरसफाई कार्यक्रम गर्ने र जथाभावी फोहोर नफल्न सम्बन्धित घरधनीलाई आग्रह गर्ने काम समेत गर्दै आइरहेको संस्थाका अध्यक्ष बेल्वासेले जानकारी दिएका छन् । संस्थाका महासचिव लोमणी भुसाल, कोषाध्यक्ष श्रीधर जिसी, साधारण सदस्यहरु पवित्रा विक, स्वस्तिका खनाल, सिर्जना थापा, निशाकुमारी चौधरी, इलाका प्रहरी कार्यालय भालुवाङ र त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे