दाङमा बलात्कार आरोपमा एक जना पक्राउ



दाङमा बलात्कार आरोपमा एक जना पक्राउ

दाङ ३ माघ । दाङमा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निबासी नवराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिएका छन् । पिडित महिला सोमबार साँझ प्रहरीको सम्पर्कमा आएपछि आरोपीलाइ पक्राउ गरिएको प्रवक्ता गौतमले बताए ।

घोराही लमही सडक खण्ड अन्तर्गत बेलदमारको जंगलमा घाँस काट्दै गरेकी ती महिलालाई पौडेले गएको पुस १८ गते बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे