लुम्बिनी प्रदेश : मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वसाको मत लिदै



लुम्बिनी प्रदेश : मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वसाको मत लिदै

भालुवाङ ३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन् ।

माघ ५ गते प्रदेश सभाको चौथो बैठक बस्ने छ । त्यो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

प्रदेश सभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अर्काे बैठक माघ ५ गते बस्ने मंगलबार बसेको प्रदेश सभा बैठक अन्त्य गर्दै जानकारी दिए । लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा,लोसपा र जनमतका ३–३ र २ स्वतन्त्र सासदहरुको सहित ५८ जनाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । सत्तापक्षको स्पष्ट बहुमत छ । प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सदस्य छन् । विश्वासको मत लिएपछी मात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार हुने भएको छ । अहिले दुई विना विभागिए मन्त्री छन् ।

यस्तै प्रदेशमा मन्त्रालयको संख्या घटाउने मनस्थितीमा मुख्यमन्त्री पुगेका छन् । पहिलो मन्त्रीपरिषद् बैठकबाट एउटा मन्त्रालय घटाउदै १२ मन्त्रालय बनाउने निर्णय भएको थियो । तर, फेरी दुई वटा मन्त्रालय घटाएर १० मन्त्रालय बनाउने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे