लुम्बिनी प्रदेशकाे सभामुखमा तुलाराम र उपसभामुखमा मेनुका निर्विराेध निर्वाचित



भालुवाङ ३ माघ । लुम्बिनी प्रदेशमा सभामुखमा माओवादीबाट तुलाराम घर्ती र उपसभामुखमा राप्रपाबाट मेनुका केसी खाँड निर्विराेध निर्वाचित हुनु भएकाे छ । कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएकाे उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ दलबाट मनाेनयन दर्ता गरेकाहरु नै सभामुख र उपसभामुख निर्विराेध निर्वाचित हुनु भएकाे हाे ।

आज दिउँसाे बसेकाे प्रदेशसभा तेस्राे बैठकले ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभामुख र उपसभामुखमा एक /एक जनाकाे उम्मेदवारी कायम भएपछि निर्विराेध निर्वािचत भएकाे घाेषणा गर्नु भएकाे हाे । सभामुख तुलाराम घर्ती पाल्पा २(२) बाट निर्वाचित हुनु भएकाे हाे भने उप-सभामुख मेनुका खाँड केसी गुल्मीबाट समानुपातिक निर्वाचित प्रदेशसभा सदस्य भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे