घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश



घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै २९ पुस । नेकपा एमाले परित्याग गरेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नयाँ बानेश्वरको एक होटलमा शुक्रवार आयोजित कार्यक्रमबीच उनी पार्टी प्रवेश गरेका हुन्

पार्टी प्रवेश कार्यक्रममा नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिस्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताए । उनले एकीकृत कम्युनिस्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गरे । एमालेले संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवाद (जबज) लाई ध्वस्त बनाएको भुसालको आरोप छ ।

नेकपा एमालेका पूर्वउपमहासचिव भुसालले गएकाे मङ्सिर ४ गतेको चुनावमा टिकट नपाएपछि पार्टी परित्याग गरी रुपन्देही–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । उनी एमालेका नेता छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे