उद्याेगी, व्यवसायीलाई निराश हुन दिन्न : अर्थमन्त्री पाैडेल



उद्याेगी, व्यवसायीलाई निराश हुन दिन्न : अर्थमन्त्री पाैडेल

काठमाण्डाै २९ पुस । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताएका छन् ।

शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताएका हुन् । उनले सरकारले व्यवसायीको माग र सुझावहरूलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट विस्तारै सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

उनले उद्योगी व्यवसायीले उठाएका उचित मागलाई सकारात्मकरूपमा लिएको पनि बताए । मन्त्री पौडेलले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे