बाँके प्रहरीद्धारा अबैध रुपमा भन्सार छली ल्याउदै गरेको समान बरामद



दाङ  २९ पुस । बाँके प्रहरीले अबैध रुपमा भन्सार छली ल्याउदै गरेको समान बरामत गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाह बाट खटिएको प्रहरीको टोलीले चेकजाच गर्ने क्रममा भारतबाट भन्सार छली अबैध रुपमा ल्याएको चिनी, सुर्ति, कपडा र भेली गरेर झन्डै १ लाख १२ हजार बराबरको ९ सय पचास मुल्य बराबरको सरसमान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाकेले जानकारी दिएको छ ।

अबैध रुपमा भन्सार छली बरामद ल्याउन खोज्ने व्यक्तीलाई आबश्यक कार्बाहिको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे