सिसहनियाँ साना किसान सहकारीकाे साधारणसभा सम्पन्न



सिसहनियाँ २९ पुस । देउखुरीकाे राप्ती गाउँपालिका-५, सिसहनियाँ स्थित सिसहनियाँ साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे पाँचाैँ बार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशन बिहिबार देउखुरीकाे सिसहनियाँमा सम्पन्न भएकाे छ ।

संस्थाकी अध्यक्ष बिष्णु गुरूङ्गकाे अध्यक्षता एवम् राप्ती गाउँपालिका -५, नम्बर वडा अध्यक्ष देवप्रसाद चाैधरीकाे प्रमुख आतिथ्यमा भएकाे साधारणसभा तथा अधिवेशनमा संस्थाकी अध्यक्ष बिष्णु गुरूङ्गले बार्षिक प्रतिवेदन, संस्थाका प्रबन्धक मिनबहादुर चाैधरीले आर्थिक प्रतिवेदन र लेखा समितीकी संयाेजक गाैरी चाैधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाकी उपाध्यक्ष मिना चाैधरीकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा लालमटिया साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष सिता अधिकारी, समाजसेवी तथा बुद्धिजीवीहरू रामप्रसाद चाैधरी, लुमबहादुर चाैधरी र बिष्णुप्रसाद चाैधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभा तथा अधिवेशनकाे बन्दसत्रले पुरानै कार्य समितीलाई निरन्तरता दिने सर्वसम्मत निर्णय गरेकाे छ । कार्यक्रमकाे सञ्चालन संस्थाका प्रबन्धक मिनबहादुर चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे