दाङको लमहीबाट ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूकाे एकीकृत काराेबार सुरु



दाङको लमहीबाट ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूकाे एकीकृत काराेबार सुरु

लमही २५ पुस । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौँ  गाभिएर सोमबार देखि ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु भएको छ।

बैंक अफ काठमाडौँ सँग मर्ज भएसँगै ग्लोबल आईएमई बैंक मुलुककै ठूलो वाणिज्य बैंक बनेको छ। आज देखि दाङको लमहीबाट एकीकृत कारोबार सुरु भएको बैंककी शाखा प्रवन्धक रेणु घिमिरेले जानकारी दिइन्। एकीकृत कारोबारको लमही नगरपालिका प्रमुख जोगराज चौधरीले रिबन काटेर शुभारम्भ गरेका हुन्। ‘मर्जर’पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५।७७ अर्ब, कुल निक्षेप ४ खर्ब, कुल कर्जा ३ खर्ब ७९ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ।

दुई बैंकको मर्जर पश्चात् कुल ३९६ शाखा कार्यालय, ३६८ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीन वटा विदेश स्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहक सहित अन्य धेरै वित्तीय परि सूचकहरूमा यो बैंक मुलुकको सबै भन्दा ठूलो बैंक भएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे