राष्ट्रिय जनमोर्चाको महत्त्वपूर्ण ६ निर्णयहरू सार्वजनिक, यस्ता छन् निर्णयहरु



राष्ट्रिय जनमोर्चाको महत्त्वपूर्ण ६ निर्णयहरू सार्वजनिक, यस्ता छन् निर्णयहरु

दाङ २१ पुस । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले बैठककाे महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीका जिल्ला अध्यक्ष गणेश आचार्यले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैठकले गरेका विभिन्न ७ महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका छन् ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा बसेको बैठकले गत मंसिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्बाचनको ससीक्षा गर्दै गठबन्धनका कारण प्रत्यक्ष उम्मेदवार नहुँदा समानुपातिक मतपनि अपेक्षा अनुसार आउन नसकेको, पार्टीलाई चुस्त दुरुस्त र ब्यबस्थित गर्नको लागि पालिका र वडाकाे बैठक, भेला र सम्मेलन गर्ने, संघीयताको खारेजी गर्नुपर्ने दायित्व झनै थपिएको हुनाले गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ संघीयताको खारेज गरौ भन्ने मुल नाराका साथ विभिन्न पालिकाहरुमा सभा, कोणसभाका कार्यक्रम निश्चित गरिएको, अहिले बित्तीय सस्था र मिटर ब्याज बाट धेरै नागरिकहरु आजित भएको र बैंकहरुको चर्को ब्याजका कारण उधोगी, ब्यबसायी र आम नागरिकको ढाड सेकिएको हुँदा यी समस्याका विरुद्धमा , ध्यानाकर्षण गराउने र पीडित नागरिकको पक्षमा ओकालत , सहयोग र आन्दोलन समेत गर्ने लगायतका निर्णयहरु गरेको छ ।

यस्ता छन् अध्यक्ष आचार्यले जारी गरेको प्रेस विज्ञप्तिको पूर्णपाठ
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको बैठक जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा बस्यो बैठकले गरेका निर्णयहरु सार्बजनिक गर्नको लागि यो प्रेस बिज्ञप्ती जारी गरिएको छ ।

१. बैठकले गत प्रदेश र प्रतिनिधि सभा निर्बाचनको समिक्षा गर्यो । दाङमा गठबन्धन ले सबै प्रदेश र प्रतिनिधिसभामा जितेपनी गठबन्धनरत दलमा इमान्दारीता , जबाफदेहिता र पारदर्शीतामा कमजोर भएको समिक्षा भयो । गठबन्धनका कारण प्रत्यक्ष उम्मेदवार नहुदा समानुपातिक मतपनि अपेक्षा अनुसार आउन नसकेको समेत समिक्षा भयो ।

२. पार्टीलाई चुस्त दुरुस्त र ब्यबस्थित गर्नको लागि पालिका र वाडाका बैठक, भेला र सम्मेलन गर्ने निर्णय भएको छ ।

३. अहिले पनि गणतन्त्र ,राष्ट्रियता , धर्म निरपेक्षता जस्ता कुराहरुको रक्षा गर्नु पर्ने र संघीयताको खारेजी गर्नु पर्ने दायित्व झनै थपिएको हुनाले गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ संघीयताको खारेज गरौ भन्ने मुल नाराका साथ विभिन्न पालिका हरुमा सभा, कोणसभाका कार्यक्रम निस्चित गरिएको छ ।

४. अहिले बित्तीय सस्था र मिटर ब्याज बाट धेरै नागरिकहरु आजित भएको अवस्था छ । बैंकहरुको चर्को ब्याजका कारण उधोगी , ब्यबसायी र आम नागरिक को ढाड सेकिएको छ । यो कुरामा बैठकको ध्यानाकर्षण भएको छ । त्यसैले यी समस्याका विरुद्धमा , ध्यानाकर्षण गराउने र पीडित नागरिकको पक्षमा ओकालत , सहयोग र आन्दोलन समेत गर्ने निर्णय भएको छ ।

५.  घोराही तुलसीपुर फोर लेन सडक निर्माण गर्ने नाममा त्यो सडक मान्छे मार्ने ओद्राक जस्तो भएको छ । त्यो निर्माण सुरु भयो भनेदेखी २५ जना भन्दा धेरै मान्छे को मृत्यु भएको रेकर्ड छ । गत निर्वाचनपछि तत्काल त्यसको निर्माण कार्यमा तिब्रता आउँछ भन्ने थियोे । त्यो पनि केबल सस्तो लोकप्रियता र जनताको आखामा छाहारो हाल्ने काम मात्र भएको छ । यो कुरामा बैठकको विशेष ध्यानाकर्षण भएको छ । त्यसैले यो कार्य तत्काल अगाडी बढाउन जोड दिने र त्यो कार्य पनि अगाडी नबढेमा जनताको समर्थन लिएर जनदबाब सृजना गर्ने निर्णय भएको छ ।

६. प्राकृतिक श्रोत साधनहरुको व्यापक दोहन गर्ने र पर्यावरण समेत बिनास गर्ने काम भइरहेको छ । यो विषयमा हामिले व्यापक रुपमा कुरा उठाउने गरेका छौ । सरकारले आफै आफनै नीति र मापदण्डहरुलाइ मिच्ने काम गरेको छ । बस्तिको इच्छा बिपरित घोराही १९ मा चुनढुंगा उत्खनन गर्ने कम्पनी दर्ता गरेर अगाडी बढ्ने प्रयास भएको छ । बङगलाचुलीका कैयौं बस्तिहरु उजाड भएका छ्न । जनताको जीवन कष्टकर भएको छ । खोलाहरुमा गिट्टी बालुवा र ढुंगा उत्खनन गर्दा टेन्डर गरिएको भन्दा दसौ गुना बढी निकाल्ने र राज्य र नागरिकलाई ठग्ने काम भएको छ । यी विषयहरुमा बैठकमा ध्यानाकर्षण भयो । र यस्ता विषयमा सरोकार वालाहरुलाइ ध्यानाकर्षण गराउने र आन्दोलन समेत संचालन गर्ने निर्णय भएको छ ।

मिति २०७९/०९/२१

गणेश आचार्य
अध्यक्ष

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे