राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन पुस २९ गते हुने



राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन पुस २९ गते हुने

भालुवाङ २१ पुस । राप्ती गाउँपालिकाको दोस्रो गाउँसभा तथा दोस्रो अधिवेशन (हिउँदे अधिवेशन) पुस २९ गते हुने भएकाे छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले पुस २९ गते बिहान ११ बजे गाउँपालिकाको सभाहल मसुरियामा  हिउँदे अधिवेशन गर्ने निर्णयका साथ  विभिन्न प्रस्ताव माथी छलफल गरि पास समेत गरेको छ । बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय समपूरक अन्तर्गत र प्रदेश समपूरकका लागि योजना माग गर्ने निर्णय समेत गरेको राप्ती गाउँपालिकाका प्रवक्ता पहलमान चाैधरीले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले आगामी गाउँसभा तथा दोस्रो अधिवेशन (हिउँदे अधिवेशन) मा आर्थिक वर्ष २०७९/०८० को योजना तथा कार्यक्रममा संसोधन तथा रकमान्तर, विभिन्न प्रतिवेदन प्रस्तुति , विभिन्न समितिहरुको गठन, कानुनहरुको विधेयक प्रस्तुति र अन्य विविध विषयहरु माथि छलफल गर्ने कार्य सुची तय गरेको प्रवक्ता चाैधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे