एनआईसी एसिया बैंक गढवा शाखामा लागेको ताला खुल्यो



गढवा १४ पुस । एनआईसी एसिया बैंक गढवा शाखामा व्यवसायीद्वारा गरेको तालाबन्दी खुलेको छ । बैंकले लिलाम बिक्रि गर्न लागेका सामान तत्कालका लागि रोक्ने र जेठ महिना देखिको हाल सम्मको बैंक ब्याज मिनाहा गर्ने विषयमा दुवै पक्ष विच सहमति भएको गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खीम वहादुर बुढाले जानकारी दिए ।

बैंकको ज्यादति बिरुद्ध तालाबन्दी गरिएको हो । व्यवसायीको इच्छाविपरीत जबरजस्ती रुपमा बस्तुको मुल्यनिर्धारण गरि लिलाम प्रकृया अघि बढाएको बिरोधमा तालाबन्दी गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसालले बताए । एनआईसी बैंक राजपुर शाखाबाट गढवा निवासी रामदास यादवले तीन करोड कर्जा लिएका थिए । तर, बैंकले जग्गा र व्यवसाय लिलाम प्रकृयामा लगेपछी व्यवसाय सडकमा आएका हुन ।

महाशक्ति इन्टरप्राइजेचको नाममा कर्जा थियो । तर, त्यो कर्जा उठाउन बैंकले व्यवसायीलाई मानसिक यातना दिएको आरोप छ । दाङ उद्योग बाणिज्य संघको अगुवाइमा जिल्लाभरका उद्योग बाणिज्य संघको सहभागीतमाा तालाबन्दी गरिएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताए ।

तीन करोड ३२ लाखको मुल्यांकन देखिन्छ । तर, तीन करोड १८ लाख कर्जा तिर्नुपर्ने देखिन्छ । जग्गा धितोबाट मुल्यांकन पुग्ने देखिँदा देखिदै पसल र गोदाममा बैंकले शिल गर्याे। भुसालले भने–लिलाम गर्दा सामानको स्थानीय मुल्यांकन गरिएन, हचुवाको भरमा सामान बिक्री गर्न थालियो । सुरुमा एक करोड लगानी गरेको व्यवसायीलाई पछि थप दुई करोड कर्जा लगानी गरिएको थियो । कर्जा लगानी गर्दा पनि बैंकले बदमासी गरेको आरोप छ । लिलाम भएको सामान लोड गर्ने बेलामा व्यवसायीले रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे