कुटपिटबाट रोल्पामा एक जनाको मृत्यु



कुटपिटबाट रोल्पामा एक जनाको मृत्यु

रोल्पा ७ मङ्सिर ।  कुटपिटबाट रोल्पामा एक जनाको मृत्यु भएको छ। रोल्पा नगरपालिका(५ छाप बस्ने २८ वर्षीय मोहन विकले कुटपिट गर्दा सोही ठाउँका ५६ वर्षीय भिमराज घर्तीको मृत्यु भएको हाे ।

मादक पदार्थ सेवन गरी मोहनले भिमराजलाई बिहीबार राति कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते भिमराजको प्युठानको स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती विज्ञान प्रतिष्ठान दाङ ल्याइएको थियो ।

प्रतिष्ठानमा पनि उपचार हुन नसकेपछि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । कुटपिटबाट भिमराजको मृत्यु भएपछि माेहनलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे