गढवा गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय गढवालाई टेलिभिजन प्रदान



गढवा गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय गढवालाई टेलिभिजन प्रदान

गढवा ८ पुस । गढवा गाउँपालिकाले इलाका प्रहरी कार्यालय गढवालाई १ वटा टेलिभिजन प्रदान गरेकाे छ । शुक्रबार गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल सहितकाे टाेलीले इलाका प्रहरी कार्यालय गढवाका प्रमुख रञ्जु केसीलाई ५६ इन्चको यु एच डि एलइडी टेलिभिजन हस्तान्तरण गरेको हाे।

गढवा गाउँपालिकाको बजार क्षेत्रको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै गढवा बजारको विभिन्न स्थानमा क्यामेरा जडान पछि निगरानी गर्नका लागि इलाका प्रहरी कार्यालय गढवालाई साे टेलिभिजन हस्तान्तरण गरेको गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेलले बताए। अध्यक्ष पोख्रेलका अनुसार गढवा गाउँपालिका भित्र चोरी लगायत अपराधिक गतिविधि लाई मध्यनजर गर्दै सिसिटिभी क्यामरा जडान गरिएको हो । र त्यसलाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो निगरानीमा राख्ने बताए।

‘सुखी गढवा खुसी गढवा गाउँपालिका’ निर्माणमा आफू लागि परेको बताउँदै १ नम्बर वडा देखि ८ नम्बर वडा सम्मका मुख्य मुख्य ठाउँमा स्थानीयको सल्लाह-सुझाव अनुसार अघि सिसिटिभी क्यामेरा जडान गरिने बताए। राप्तीको प्रवेश द्वारको रुपमा रहेको गढवा गाउँपालिकालाई सुरक्षित बनाउने उदेश्यले गढवा बजारको मुख्य चोकहरुमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । भने केही स्थानमा आवश्यकता अनुसार सिसिटिभी क्यामेरा जडान गरिने गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिएकी छिन् । गाउँपालिकामा अपराधिक गतिविधिमा कमी आउने उपाध्यक्ष चौधरीको विश्वास छ ।

टेलिभिजन हस्तान्तरण कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र गढवा गाउँपालिका भित्रका विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे