लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्रालय अन्तरगत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको १० लाख र संघको १ लाख ९८ हजारको श्रमदान गरि कुल ११ लाख ९८ हजारमा भवनको निर्माण कार्य सम्पन्न गरिने भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा संघका सचिब मोहलाल थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार ८ मिटर लम्बाई र ५ मिटर चौडाइ रहेको एक कोठे भवनको शिलान्यास संगै आज बाट निर्माण कार्य सुरु गरिएको छ । भवनको निर्माण कार्य पुस मसान्तसम्ममा सम्पन्न गरिनेछ । सो अबसरमा संघका सदस्य देउचन केसी,पुस्पा नेपाली, प्रतीक्षा विसी, भवन निर्माण उपभोक्ता समितिका सदस्य पुतली नेपाली, सुरेश नेपाली लगाएतको सहभागिता रहेको थियो ।