प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराद्वारा ज्येष्ठ सदस्यका रूपमा शपथ ग्रहण



प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराद्वारा ज्येष्ठ सदस्यका रूपमा शपथ ग्रहण

काठमाण्डाै ६ पुस । प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराले ज्येष्ठ सदस्यका रूपमा शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा बुधवार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसद जबरालाई शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपतिले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ । संसद् सचिवालयले पुस ७ गते बिहीवार प्रतिनिधि सभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय गरेको छ । सांसद जबराको जन्म १९९८ साल मङ्सिर २४ गते भएको संसद् सचिवालयको रेकर्डमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे