कृषक समुहका सदस्यहरूलाई जलवायुमैत्री कृषि प्रविधि तालिम प्रदान



कृषक समुहका सदस्यहरूलाई जलवायुमैत्री कृषि प्रविधि तालिम प्रदान

भालुवाङ ६ पुस । दाङको राप्ती गाउँपालिका वडा ७ अर्नहनपुर र वडा नम्बर ९ घोसखोलामा गठित कृषक समुहका सदस्यहरूलाई मंगलबार १/१ दिने जलवायुमैत्री कृषि प्रविधि तालिम प्रदान गरिएको छ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत समुदायमा रहेका कृषकहरुलाई विभिन्न जलवायुमैत्री कृषि अभ्यास बारे जानकारी गराई उनीहरूको कृषि अभ्यास सरल बनाउँदै उनीहरूको कृषि उत्पादन र आम्दानी बढाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो ।

तालिममा अर्नहनपुरका २० महिला, घोसखोलाका २२ महिला र ९ पुरुष गरी जम्मा ५१ जनाको उपस्थिति रहेको थियो। तालिमको सहजीकरण नामसालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शशांक आचार्य र कृषि प्राविधिक धनकुमारी चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे