शेखर गगन बीच भएन सहमति, भोली पुनः बस्ने गरी सकियो छलफल



शेखर गगन बीच भएन सहमति, भोली पुनः बस्ने गरी सकियो छलफल

काठमाडौं ४ पुस । नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न बसेको नेता शेखर कोइराला समूहको बैठक बिना निष्कर्ष टुंगिएको छ । संस्थापन इतर समूहमा सोमबार बिहानदेखि नेता शेखर कोइराला र महामन्त्री गगन थापा मध्ये एउटा उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो ।

उक्त समूहका शीर्ष नेता र सांसद सम्मिलित छलफलमा कोइराला र थापाले एक अर्कालाई नछाडेपछि आज सहमति हुन नसकेको हो । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दै छन् भने इतर समूहमा कोइराला र थापा दुवैको दाबी कायमै  छ ।इतर पक्षका नेता तथा सांसदहरूले कोइराला र थापालाई मिलेर एक जना उम्मेदवार बन्न दबाब बढाएका छन् ।

कांग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार त्यसबारे मंगलबार विहान ८ बजे पुनः छलफल हुनेछ । निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे