राजपुरमा वडा-वडाबाट भत्ता वितरण शुरु, जेष्ठ नागरिकहरु खुसी



राजपुरमा वडा-वडाबाट भत्ता वितरण शुरु, जेष्ठ नागरिकहरु खुसी

राजपुर ४ पुस । राजपुर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडा-वडाबाट बितरण शुरु गरेको छ ।

बृद्ध बृद्धा तथा अपाङ्गता भएका ब्यक्तीहरुलाई बैँक सम्म जान मुस्किल पर्ने भएपछि गाउँपालिकाले वडा स्तरबाटै भत्ता बितरण शुरु गरेको हो । भत्ताका निम्ति टाढा टाढाबाट बैँक सम्म आएर घण्टौ लाईन लाग्नुपर्ने बाध्यता हटेको छ । भुगोलले ठूलो भएको पालिकामा टाढाका बस्ती थुप्रै छन् । खासगरी नाका तथा खोलाका बासिन्दाहरु भत्ताका लागि १ भन्दा बढी दिन छुट्टाएर बैँकसम्म आउनुपर्ने बाध्यता थियो । वडाबाटै भत्ता वितरण शुरु भएपछि जेष्ठ नागरिकहरु समेत खुसी भएका छन् ।

त्यहीमाथी एकैचोटी भत्ता आउने भएकाले घण्टौ लाईन लाग्नुपर्ने बाध्यता थियो । यिनै बाध्यतालाई मध्यनजर गर्दै घरघरमा स्थानिय सरकारको आभास दिलाउन वडा-वडाबाट भत्ता बितरण शुरु गरिएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए । पालिकाले सोमबार ६ नम्बर वडाका १ सय ९२ जनालाई सामाजिक सुरक्षा बितरण गर्दै यस्तो अभियानको शुरुवात गरेको हो ।

गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो । यस्तो अभियानले राजपुरबासीलाई समयको बचत सँगै बैँकको झन्झटिलो हट्ने बिश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे