तुलसीपुर महोत्सवमा आज गायक हेमन्त शर्मा, गायिका ऋतु कँडेल र सन्तोष बस्याल आउँदै



तुलसीपुर महोत्सवमा आज गायक हेमन्त शर्मा, गायिका ऋतु कँडेल र सन्तोष बस्याल आउँदै

तुलसीपुर ३ पुस । दाङकाे तुलसीपुरमा जारी महाेत्सवमा आज गायक हेमन्त शर्मा, गायिका ऋतु कँडेल, सन्तोष बस्याल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयाेजकले जनाएकाे छ । गत मंसिर २५ गतेदेखि शुरू भएकाे महोत्सवमा आज राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे प्रस्तुति रहने भएकाे हाे ।

महोत्सवको सातौ दिन शनिबार  दर्शकहरुको भीड थामिनसक्नु थियो । गायक तथा मोडल प्रकाश सपुत र गायिका प्रिति आलेको मनोरञ्जनपूर्ण प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । यूथ्स अफ तुलसीपुरको आयोजनामा भएको प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सवमा आज २० हजार बढीले महोत्सव अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

 

महोत्सवको सातौ दिन शनिबार राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका छन् । गायक तथा मोडल प्रकाश सपुतले ‘ठूला ठूला समुन्द्र छ खोली भेटिदैन, मूलको पानी जस्तो तिर्खा मेटिदैन’, ‘छाति चक्र्यो सररर माया, आँशु झर्यो बररर’, ‘बोल माया’, ‘नशा नशा रगतमा छौं तिमी’ लगायतका गीतहरुले गाएर दर्शकहरुलाई नचाएका थिए भने गायिका प्रिती आले ‘टुपी ठाडो’, ‘आहै आ आ मुने’ लगायतका गीत गाएर दर्शकहरुलाई नचाएकी थिइन् । त्यस्तै गायक प्रेमविवश घर्ती, सगरमाथा डान्स ग्रुप लगायतले प्रस्तुती राखेका थिए ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने उद्देश्यले सञ्चालन भएको महोत्सव आगामी पुष ६ गतेसम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे