सम्राट सिमेन्ट कम्पनीमा काम गर्ने महिला कामदार आन्दोलित



सम्राट सिमेन्ट कम्पनीमा काम गर्ने महिला कामदार आन्दोलित

लमही ३ पुस । दाङको लमही नगरपालिका ७ कमानपुरमा रहेको सम्राट सिमेन्ट कम्पनीमा काम गर्ने स्थानीय महिला कामदार आन्दोलित भएका छन् ।

आफुहरुले नियमित काम गर्न पाउनुपर्ने माग गर्दै महिला कामदारहरुले आइतवार बिहानै देखि लमही बनगइ सडक अबरुद्ध गरेका छ्न् ।स्थानीयलाई काममा नलगाइ बाहिरबाट मान्छे ल्याएर राखेको र एक दिन काममा लगाउने र अर्को दिन काम बिहिन राख्ने गरेको उक्त कम्पनीमा काम गर्दै आएकी स्थानीय महिला कामदार मिना रानाले बताइन् ।

आफूहरुले बिगत कहि बर्ष देखि नियमित काम गर्दै आएको तर अहिले कम्पनीले बाहिरबाट कामदार राखेर बिगतमा स्थानीय सँङ भएको सहमती कार्यन्वयन नगरेको रानाले बताइन् ।करिब ३५ जना कामदारलाई अहिले कामबाट निकालेको आन्दोलित महिलाहरुले बताएका छन् । आफूहरुको माग पूरा नभए कडा रुपमा जाने र आन्दोलनका थप कार्यक्रमहरु गर्ने आन्दोलनमा उत्रिएका महिला कामदारहरुले बताएका छ्न् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे