उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन



उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन

६३ सिटका लागि १२७ जनाको उम्मेदवारी

दाङ ५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । महासंघको निर्वाचन समितिले आज अन्तिम नामावली सार्वजनिक गरेको हो । सूचीअनुसार ६३ सिटका लागि १२७ जनाको उम्मेदवारी परेको छ । आगामी ११ देखि १३ सम्म वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा काठमाडौंमा निर्वाचन हुँदैछ ।

हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा वैधानिक व्यवस्थाअनुसार स्वतः अध्यक्ष बन्नुहुने छ भने बाँकी पदहरुमा निर्वाचन हुनेछ । महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु भने निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । आगामी वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान विच प्रतिस्पर्धा हुदै छ । दाङबाट केन्द्रिय सदस्यका लागि तुलसीपुर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष विमल रिजाल उमेद्वार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे