कृष्णनगरले नगरिकको सहजताका लागि वडा तहमै घुम्ती शिविरलाई निरन्तरता दिदै



कृष्णनगरले नगरिकको सहजताका लागि वडा तहमै घुम्ती शिविरलाई निरन्तरता दिदै

कृष्णनगर २८ मंसिर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आयोजनामा बुधबार वडा नं. २ को वडा कार्यालयबाट सेवा प्रवाह घुम्ती शिविरलाई निरन्तरता दिदै छ ।

गत मंसिर २६ गते कृष्णनगर नगरपालिकाका ले वडा नं १२ मा सेवा प्रवाह घुम्ती शिविर सुरुवात गरेको थियो सोही क्रममा बुधबार वडा नं. २ बाट सेवा प्रवाह गरिएको कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जानकारी दिएका छन् ।

जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ संचालित गरिएको उक्त शिविर बाट स्वास्थ्य सेवा, अपाङ्गता परिचयपत्र वितरण, कृषि सेवा लगायत नगरपालिकाकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु सोही स्थानबाट सेवा प्रवाह गरिने कृष्णनगर नगरपालिकाले जानकारी गराएको छ ।

वडा बाट नगरपालिकाका कार्यालयमा सेवा लिन आंउदा हुने कठिनाई र समस्यालाई मध्यनजर गरि समयको बचत तथा नागरिकको सहजताका लागि गांउमै सेवा प्रवाह गरि आम नागरिक लाई सर्वसुलभ सेवा प्रवाह गर्ने उद्देश्यका साथ घुम्ती शिविर संचालन गरिएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिए ।

कृष्णनगर नगरपालिकाको १२ वटै वाडहरूमा पालै पालो सेवा प्रवाह घुम्ती शिविर संचालन गर्ने कृष्णनगर नगरपालिका योजना शाखा प्रमुख शाकिर अहमद शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे