दाङको राप्तीमा घरेलु हिंसा न्यूनीकरणका लागि दम्पती तालिम



दाङको राप्तीमा घरेलु हिंसा न्यूनीकरणका लागि दम्पती तालिम

देउखुरी २८ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मा श्रीमान श्रीमती सहभागी गराएर एकदिने लैङ्गिक हिंसा सम्बन्धी पारिवारिक परामर्श तालिम सञ्चालन गरिएको छ ।

एकिकृत सामुदायिक विकास परियोजना संचालन गर्दै आएको नामासालिङ सामुदायिक विकास केन्द्रले सो तालिम सञ्चालन गरेको हो ।

केन्द्रले गठन गरेका देउखुरी क्षेत्रका विभिन्न १० वटा समूहका २४ जना दम्पत्ती उक्त तालिममा सहभागी रहेका थिए । तालिममा विशेष गरी लैङ्गिक अवधारणा र लिङ्गका आधारमा हुन सक्ने घरेलु हिंसा एवम् त्यसको समाधानका लागि पारिवारिक परामर्शका विभिन्न उपायहरु समावेश गरिएको थियो ।

भृकुटी महिला विकास सहकारीको भवनमा संचालन भएको उक्त तालिमको सहजीकरण नामसालिङ सामुदायिक विकास केन्द्रका सुसाशन संयोजक विनोद निरौला तथा पुस्तमा पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे