काठमाण्डौमा यसवर्षकै चिसो, न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झर्यो



काठमाण्डौमा यसवर्षकै चिसो, न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झर्यो

काठमाण्डौ २६ मंसिर । काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । जुन यस वर्षकै सबैभन्दा कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो ।

न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । हिमाली जिल्लामा हिमपात भइरहेको छ भने तराईका जिल्लामा पनि बिहानको समयमा हुस्सु कुहिरो लाग्न थालेको छ । दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ ।

मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सामान्यतया सफा नै रहने अनुमान रहेको मौसमविद् प्रतिभा मानन्धरले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे