दाङ निर्वाचन क्षेत्र नम्बर १ (क) मा माओवादीका इन्द्रजित थारु निर्वाचित



दाङ निर्वाचन क्षेत्र नम्बर १ (क) मा माओवादीका इन्द्रजित थारु निर्वाचित

देउखुरी ८ मंसिर । नेकपा माओवादी केन्द्रका इन्द्रजित थारु लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट थारु १३ हजार ४ सय ९९ मतले निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगाराम भट्टराईलाई १ हजार ७ सय ८० मतको अन्तरले हराउँदै थारु निर्वाचित भएका हुन् ।

थारु १३ हजार ४ सय ९९ मतले निर्वाचित हुँदा नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय १९ मत ल्याएका थिए । थारु लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री हुन् । यस अघि नेकपा एमाले सँग तालमेल गरेर चुनाव जितेका थारु यसपालि पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

यसै गरि फाइनल नतिजा अनुसार नागरिक उन्मुक्ति पार्टीका रञ्जित चौधरीले ५ हजार ३ सय ४७ मत, राप्रपाका मानबहादुर चन्दले २ हजार १२ मत, हाम्राे नेपाली पार्टीका टंकबहादुर विष्टले २ हजार २ सय ३ मत, जनता समाजबादी पार्टीका जगतराम यादवले १ हजार ७ मत, मंगोल नेशनल अग्रनाइजेशनका खुमबहादुर गाहाले ६ सय ३४ मत, राजमाेका महेश रिजालले ९ सय ६१ मत र लोकतान्त्रिक समाजवादी पार्टीका दामाेदर चाैधरीले ३१ मत प्राप्त गरेका छन् ।

कुल ४० हजार १ सय ६ मत खसेकोमा ३७ हजार ४ सय १३ मत सदर भएको थियो भने २ हजार ४ सय ९ मत बदर भएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे