ललितपुर ३ बाट तोसिमा कार्की ३१ हजार १ सय ३६ मत ल्याएर विजयी, पम्फा भुसाल तेस्रो



ललितपुर ३ बाट तोसिमा कार्की ३१ हजार १ सय ३६ मत ल्याएर विजयी, पम्फा भुसाल तेस्रो

काठमाडौं ८ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‍क्टर ताेसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् ।नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्री समेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे