राप्ती गाउँपालिकामा १०५ वर्षीया वृद्धाले गरिन् मतदान



राप्ती गाउँपालिकामा १०५ वर्षीया वृद्धाले गरिन् मतदान

भालुवाङ ४ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि दाङमा १०५ वर्षीया जेष्ठ नागरिकले मतदान गरेकी छिन्।

राप्ती गाउँपालिका-३ मसुरिया निवासी गाेविन्द अधिकारीकी ममतामय आमा कमला शर्माले नव ज्याेती आधारभूत विद्यालय श्रीचाैर मतदान केन्द्रकाे क बुथमा मतदान गरेकी हुन्। घरबाट मतदान केन्द्र सम्म गाडीमा र मतदान स्थल सम्म उहाँका छाेरा गाेविन्दले बाेकेर ल्याएका थिए । उनी १९७५ जन्मिएकी थिइन्। जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूकाे लागि छुट्टै लाइनकाे व्यवस्था गरिएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे