देउखुरीकाे राप्तीमा एक घर र कुखुरा फर्ममा आगलागी, करिव ७ लाख बराबरको क्षति



देउखुरीकाे राप्तीमा एक घर र कुखुरा फर्ममा आगलागी, करिव ७ लाख बराबरको क्षति

भालुवाङ ४ मंसिर । दाङको देउखुरीमा एक घर र कुखुरा फर्ममा आगलागी भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ४ सिमलचाैर स्थित राजेश थापाको कच्ची इँटाकाे खरले छाएको घर र बाेइलर कुखुरा फर्ममा आज आइतवार दिउँसाे २ :३० बजेको समयमा विद्युत सर्ट भई आगलागी भएको वडा अध्यक्ष वीरबहादुर चाैधरीले जानकारी दिएका छन् । आगलागी हुँदा घर जलेर पुर्णरूपले खरानी भएको छ ।

आगलागीबाट घरभित्र रहेको १८ क्वइन्टल धान, लत्ताकपडा, अन्नपात, कागजपत्र गरि करिव ७ लाख बराबरको क्षति भएको वडा अध्यक्ष चाैधरीले जानकारी दिएका छन् । आगोलाई स्थानीय र प्रहरीले २ घण्टा लगाएर नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानवीय क्षति भने हुन पाएन ।

यसै बीच आगलागी पिडित थापालाइ राप्ती गाउँपालिकाले नगद रु १० हजार, १ वटा बलाङकेट, १ वटा त्रिपाल, १ बोरा चामल, दाल, तेल, नुन र एक सेट भाडा राहत स्वरुप उपलब्ध गराएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र वडा अध्यक्ष वीरबहादुर चौधरीले सो राहत पिडितकै घरमा गएर दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे