दाङमा ६० प्रतिशत मत खस्यो



दाङमा ६० प्रतिशत मत खस्यो

दाङ ४ मंसिर । दाङमा ६० प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरका अनुसार ६० देखि ६३ प्रतिशत सम्म मत खसेको छ। जस अनुसार क्षेत्र नम्बर १ मा १३४७३३ मतदाता रहेकाेमा ८० हजार ७०० अर्थात ५९.८९ प्रतिशत मत खसेकाे छ । त्यसै गरि क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार ७ सय ४८ मतदाता रहेकाेमा ७९ हजार ४ सय ४६ अर्थात ५९.३९ प्रतिशत  मत खसेकाे छ ।

क्षेत्र नम्बर ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकाेमा ९० हजार १ सय ५० मत अर्थात ६१.५४ प्रतिशत मत खसेकाे छ । भने कारागार कार्यालय तुलसीपुर अस्थायी मतदान केन्द्रमा कुल ३ सय १४ मतदाता रहेकाेमा १ सय ३६ अर्थात ४३.३१ प्रतिशत मत खसेकाे छ । त्यसै गरि कारागार कार्यालय घाेराही अस्थायी मतदान केन्द्रमा कुल ४ सय २८ मतदाता रहेकाेमा १ सय ११ अर्थात २५.९३ प्रतिशत मत खसेकाे सूचना अधिकृत कवरले जानकारी दिएका छन् ।

जिल्लामा १५३ मतदान स्थल, ४६५ मतदान केन्द्र छन्। अहिले सबै मतदान केन्द्रको विवरण संकलन भइरहेको हो । दुई वटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ। ४ लाख १४ हजार ९ सय ५६ मतदाता थिए । त्यस्तै दाङमा मतगणना भोली बिहान सात बजेपछि  सुरु गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । बिहान ७ बजे सर्वदलीय बैठक पछि गरिने निर्णय अनुसार मतगणना सुरु गरिने सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिएका छन् । जिल्लाको तुलसीपुर, घोराही र लमही गरी तीन ठाउँबाट मतगणना हुने छ ।

दाङको क्षेत्र नम्बर १ को लमही नगरपालिका, क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ३ को भू–संरक्षण कार्यालय तुलसीपुरमा अहिले मतपेटिका सङ्कलनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।

मतपेटिका सङ्कलन गर्दा राति १२ बज्ने र आवश्यक तयारी गरि भोलि बिहानैदेखि मतगणना शुरु गर्ने तयारी छ । मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउनका लागि तारजालीसहित मतगणना स्थल तयार गरिएको छ । प्रत्येक घण्टा मतगणनाको अपडेट सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकको गणना सुरु हुने छ । जिल्लामा १ सय ५३ मतदान स्थलका ४ सय ६५ मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे