देउखुरीकाे २ मतदान केन्द्रमा एउटै परिवारका ५ जना किरिया पुत्रीले गरे मतदान



देउखुरीकाे २ मतदान केन्द्रमा एउटै परिवारका ५ जना किरिया पुत्रीले गरे मतदान

सिसहनियाँ ४ मंसिर । दाङकाे देउखुरीमा एउटै परिवारका ५ जना किरिया पुत्रीले मतदान गरेका छन् ।

दाङ क्षेत्र नम्बर १ काे राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ निवासी ५२ वर्षिय युवराज सिंह र उनका पत्नी ४० वर्षिया यमकुमारी सिंहले सर्वाेदय माविकाे मतदान केन्द्रमा गइ मतदान गरेकाे मतदान अधिकृत टंक केसीले जानकारी दिएका छन् ।

त्यस्तै साेही परिवारकै वडा नम्बर ८ पिपरी बस्ने ४४ वर्षिय सुन्दर कुमार सिंह तथा उनका पत्नी ४४ वर्षिया शाेभा सिंह र ४० वर्षिया भाउजु रमिला सिंहले शंकर मावि पिपरीकाे मतदान केन्द्रमा गइ मतदान गरेका छन् ।  आफ्नी आमा तथा सासु आमा ८७ वर्षिया पिमाकुमारी सिंह बितेर किरिया बसेका दम्पतीले मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे